झापाको विर्तामोड नगरपालिका प्रमुख र उपप्रमुखमा एमालेले जीत हासिल गरको छ । एमालेका उम्मेदवार ध्रुव सिवाकोटीले ९११० तथा उपप्रमुखमा एमालेकै पवित्रा महतराले १०,४३७ मत प्राप्त गरी विजयी भएका हुन् ।
यसैगरी, सिवाकोटीका प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार जलकुमार गुरुङले ८२१७ मत पाएका छन् भने मतहराकी प्रतिद्वन्द्वी पार्वता गिरीले ९०११ मत पाएकी छन् ।