रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका मेयरमा स्वतन्त्र उम्मेदवार मन मोहन चौधरी विजयी भएका छन् । उनले ८१७५ मत प्राप्त गरी जीत हासिल गरेका छन् भने उनका प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका उम्मेदवार फकुरुद्दिन खानले ७०३९ मत पाएका छन् ।
त्यसैगरी, उपमेयरमा संघीय समाजवादी फोरमका जानकीदेवी श्रीवास्तवले ४७२० मत प्राप्त गरेकी छन् भने उपमेयरमै नेपाली कांग्रेसकी रमावती यादवले ४५८८ मत प्राप्त गरेकी छन् ।