काठमाडौं र ललितपुर महानगरमा उल्लेख्य मत पाएको साझा पार्टीले इटहरी उपमहानगरमा भने २ सय मत पनि कटाउन सकेन।
इटहरी उपमहानगरपालिका साझा पार्टी तर्फबाट मेयर उम्मेदवार बनेकी ताराकुमारी काफ्लेले १८१ मत पाएकी छन्। मेयर उम्मेदवार काफ्लेको भन्दा उपमेयर उम्मेदवारले १० मत कम पाएका छन्।
उपमेयरका उम्मेदवार प्रकाशचन्द्र परियारले १ सय ७१ मत पाएको निर्वाचन आयोगले जनाएको छ।
शुक्रबार बिहान सार्वजनिक भएको मत परिणाम इटहरीको उपमहानगरको मेयरमा एमालेका द्वारिकलाल चौधरी २२ हजार ६ सय ८९ मत ल्याएर विजयी भएका थिए।