प्रधानमन्त्री शेरबहादुर देउवाको परराष्ट्र सल्लाहकारमा दिनेश भट्टराई नियुक्त भएका छन्।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टराईलाई देउवाको परराष्ट्र सल्लाहकारमा नियुक्त गरेको हो। यसअघि पूर्वप्रधानमन्त्री सुशील कोइरालाका समेत परराष्ट्र सल्लाहकार थिए।
लामो समय परराष्ट्र सेवामा काम गरेका भट्टराईले जेनेभामा नेपालका लागि राजदूत भएर काम गरिसकेका छन्।