संविधान संशोधनका लागि सरकार र राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल दुवैले छुट्टाछुट्टै छलफल चलाउने सहमति भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस, माओवादी केन्द्र र राजपाबीच मंगलबार भएको बैठकमा यस्तो सहमति भएको हो।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधन विधेयक पारित गर्न सरकारले विभिन्न पक्षसँग छलफल गर्ने बताएको राजपा नेता राजेन्द्र महतोले सेताेपाटीलाई जानकारी दिए। प्रधानमन्त्री देउवाले राजपालाई संशोधनको विषयमा अन्य दलहरूसँग छलफल गर्न अाग्रह गरेको पनि महतोले बताए।
`दुई पक्षले संविधान संशोधनका विषयमा अन्य दलहरूसँग छलफल गर्ने समझदारी भएको छ,' महतोले भने,`केही दिनमा दुवै पक्ष बसेर यसबीचमा भएको प्रगतिको समीक्षा गर्छौं।´
राजपाले बुधबारदेखि नै एमाले, राप्रपा लगायत दलहरूसँग संविधान संशोधन विधेयक पारित गर्न सहमति जुटाउने प्रयास गर्ने महतोले बताए।