मुख्य सचिव नभएको भए राजेन्द्रकिशोर क्षेत्रीले चार दिन पछि अवकाश पाउँदै थिए। सचिवको पाँच वर्षे सेवा अवधि पुरा गरेर उनी २ साउनमा घर फर्कनुपर्थ्यो।
तर विहिबार बिहान सरकारले मुख्य सचिव नियुक्ती गरेपछी क्षेत्री थप चार महिना नेपाल सरकारको उच्च प्रशासनिक पदमा रहने भएका छन्।
उनी कात्तिक ८ गतेसम्मका लागि मुख्य सचिव हुनेछन्। ५८ बर्षे सेवा अवधि पुरा गरेर क्षेत्रीले कात्तिक ८ मा अवकाश लिनेछन्।
क्षेत्री २०६९ साल साउन २९ गते मुख्य सचिव नियुक्त भएका हुन्। क्षेत्री मुख्य सचिव भएपछि अर्थ सचिव शान्तराज सुवेदी र शिक्षा सचिव शान्तबहादुर श्रेष्ठ मुख्य सचिव बन्नबाट बञ्चित हुने भएका छन्।
पाँच वर्षे सचिवको सेवा अवधिका कारण सुवेदी र श्रेष्ठले आउँदो कात्तिक २ गते नै अवकाश पाउनेछन्। सुवेदी र श्रेष्ठलाई पाखा लगाएका क्षेत्र आफैँ त्यसको पाँच दिन पछि अवकाशमा जानेछन्।
क्षेत्री मुख्य सचिवबाट हटेपछि हाल गृह मन्त्रलायमा रहेका सचिव लोकदर्शन रेग्मी मुख्य सचिव बन्ने प्रबल सम्भावना रहेको छ। रेग्मीको २०७५ को साउनसम्म कार्यकाल छ। बरिष्टताका आधारमा रेग्मीको मुख्य सचिव बन्ने सम्भावना यथावत् छ।
रेग्मीसँगै संस्कृति मन्त्रलायका सचिव शंकरप्रसाद अधिकारी वाणिज्य सचिव ङइन्द्रप्रसा उपाध्यायपनि मुख्य सचिवको दौडमा छन्।
मुख्य सचिव सोमलाल सुवेदी एसियाली विकास बैंकको जागिरका लागि फिलिपिन्सको मनिला लागेपछि सरकारले उनको पदलाई अतिरिक्त समूहमा पठाएर नयाँ मुख्य सचिव नियुक्ती गरेको हो।