भ्रष्टाचारको अारोपमा पक्राउ परेका अान्तिरक राजश्व विभागका महानिर्देशक चुडामणि शर्माको रिहाईको माग गर्दै सर्वोच्च अदालतमा परेको मुद्दाको सुनुवाइ अाज 'हेर्दाहेर्दै'मा स्थगित भएको छ।
भ्रष्टाचारको आरोपमा अख्तियारले पक्राउ गरेका शर्मालाई गैरकानुनी थुनामा राखिएको भन्दै श्रीमती कल्पना शर्माले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्।
न्यायाधीशद्वय चोलेन्द्र शमशेर जबरा र प्रकाशमानसिंह राउतको इजलासमा मुद्दाको सुनुवाइ भएको हो।
शर्माको तर्फबाट अधिवक्ताहरु बद्रीबहादुर कार्की, शेरबहादुर केसी, भीमार्जुन आचार्य लगायतले बहसले गरेका थिए। सरकारी वकिलको बहस नसकिएका कारण मुद्दा हेर्दाहेर्दैमा रहेर स्थगित भएको हो।