गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले नेपाल प्रहरीका एआईजी, डिआईजी र एसएसपी पदमा भएको बढुवा सिफारिस संगठनको हितमा भएको बताएका छन्।
आइतबार ५९ औं प्रहरी संचार दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमलाई संवोधन गर्दै मन्त्री शर्माले कसैलाई पाखा नगरेको बताए।
'बढुवा हुदाँ कतिपय मर्कामा परेका छन्, मैले त्यो कुरा बुझेको छु,' उनले भने, 'नियतबस अन्याय गरेको छैन, समस्या र परिस्थितिले सवै ब्यक्ति सिमित कोटामा पर्न सकेनन् ।’
गृहमन्त्री शर्माले आफुले बाल्यकालमा सवैभन्दा पहिला टोपाराम ठानेदार नामको प्रहरी देखेको स्मरण गर्दै अवको समयमा टोपाराम ठानेदारले मात्र नपुग्ने बताए ।'
‘मैले सवैभन्दा पहिले देखेको प्रहरी टोपाराम ठानेदार स्मार्ट थिए, त्यतिवेला उनी ठिक थिए तर आज टोपाराम ठानेदारले पुग्छ त ?’ उनले भने, ‘हिजो टोपाराम देख्दा मान्छे भाग्थे तर अहिलेको प्रहरीले जनतालाई नजिक ल्याउनु पर्ने छ ।’
प्रहरीमा कम्युटर र सञ्चार बाहेक अर्को एउटा शाखा छ, हरेक उपल्ला स्तरका प्रहरीले सञ्चालन गर्ने प्रोपोगान्डा शाखा’ मन्त्री शर्माले भने, ‘त्यो शाखा बाहिर छ हरेकका आफ्ना अफिस र कर्मचारी छन्, त्यो शाखा बन्द गर्नुस चलाउन पाईदैन ।’