भ्रष्टाचारको आरोपमा पक्राउ परेका आन्तिरक राजश्व विभागका महानिर्देशक चुडामणि शर्माको रिहाईको माग गर्दै सर्वोच्च अदालतमा परेको मुद्दाको सुनुवाइ फेरि सरेको छ।
न्यायाधीश चोलेन्द्र समशेर जबरा र प्रकाश सिंह राउतको इजलासमा परेको उक्त मुद्दा ‘हेर्दाहेर्दै’ समय अभाव भएर सरेको हो।
भ्रष्टाचारको आरोपमा अख्तियारले पक्राउ गरेका शर्मालाई गैरकानुनी थुनामा राखिएको भन्दै श्रीमती कल्पना शर्माले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्।
शुक्रबार शर्माको तर्फबाट अधिवक्ताहरु बद्रीबहादुर कार्की, शेरबहादुर केसी, भीमार्जुन आचार्यले बहसले गरेका थिए। आइतबार उनका तर्फका अरु वकील र सरकारी वकीलहरुको बहस थियो। यो बहस भोली फेरि हुनेछ छ।
शर्मा विरुद्ध अख्तियारले लगेको भ्रष्टाचार मुद्दा विषेश अदालतमा दर्ता भैसकेको छ।उनलाई कर फर्छ्यौँट आयोगको सदस्य सचिव हुँदा १० अर्ब २ करोड भ्रष्टाचार गरेको अभियोग अख्तियारले लगाएको छ।
कर फर्छ्यौट गर्दा अनियमितता गरेको आरोमा अख्तियारले उनलाई पक्राउ गरेर अनुसन्धानका लागि आफ्नै हिरासतमा राखेको थियो। पक्राउको १ महिना पछि उनीसंग ३ अर्ब रुपैँया धरौटी मागेको थियो। तर शर्माले धरौटी तिर्न नसकेपछि थुनामै थिए।