छिमेकी भारतमा आज १४ औं राष्ट्रपति छान्न निर्वाचन भइरहेको छ। नयाँ राष्ट्रपतिका लागि दुबै सदनका सांसदहरुले मतदान गरिरहेका छन्।
राष्ट्रपति बन्ने दौडमा सत्तारुढ भारतीय जनता पार्टीको गठबन्धनबाट रामनाथ कोविन्ड र प्रतीपक्षी कंग्रेस आईको गठबन्धनबाट पूर्वसभामुख मिरा कुमार छन्।
सांसदहरुको अंकगणित हेर्दा सत्तारुढ गठबन्धनका उम्मेदवार कोविन्ड राष्ट्रपति निर्वाचित हुने सम्भावना प्रवल छ। यी दुबै उम्मेदवारमध्ये जो राष्ट्रपतिमा निर्वाचित भएपनि उनी भारतको दोस्रो दलित राष्ट्रपति हुनेछन्।
भारतमा यसअघि दलित समुदायबाट केआर नारायण (१९९७–२००२) राष्ट्रपति बनिसकेका छन्।