बुधबार बिहान पूर्व राजा ज्ञानेन्द्र शाह नर्भिक अस्पतालमा भर्ना भएका छन् । मुटुमा समस्या आएपछि उनी अस्पातालमा भर्ना भएका हुन् ।
नियमित चेकजाँचका क्रममा मुटुको धमनीमा केही अवरोध देखिएपछि उनलाई भर्ना गरिएको पारिवारिक स्रोतले बताएको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार उनको एउटा धमनीमा ८० प्रतिशत अवरोध छ ।
शाहको शुरूमा एनजीओग्राफी गर्ने र आवश्यक परे एनजीओप्लाष्टी गर्ने तयारी गर्ने चिकित्सकले बताए । नियमित चेकजाँच गर्ने क्रममा मुटुका धमनीहरुमा केही अवरोध देखिएको छ’ चिकित्सकको भनाई उद्धृृत गर्दै पारिवारिक स्रोतले बताएको छ ।
अस्पताल स्रोतका अनुसार अझै केही दिन उनले अस्पतालमै बिताउनु पर्ने हुन्छ।