व्यवस्थापिका संसदले पूर्व सदस्य रामहरि जोशीप्रति शोक प्रस्ताव पारित गरेको छ ।
बिहिबार बसेको व्यवस्थापिका संसदको पहिलो बैठकले जोशीको निधनमा शोक प्रस्ताव पारित गरेको हो।
जोशी २०४८ र २०५१ सालको प्रतिनिधि सभा निर्वाचनमा सर्लाही जिल्लाबाट नेपाली कांग्रेसको तर्फबाट निर्वाचित भएका थिए। जोशीको गत असार २९ गते राजधानीको ग्राण्डी अस्पतालमा उपचारको क्रममा निधन भएको थियो। लोकतान्त्रिक आन्दोलनका योद्धा जोशी शिक्षा र पर्यटन मन्त्री समेत भएका थिए ।