पूर्वपर्यटन मन्त्री एवं नेकपा (एमाले)का नेता आनन्द पोखरेलले सत्तापक्ष र प्रतिपक्षका आआफ्नै अडानका कारण संविधान कार्यान्वयन अन्यौलमा परेको बताएका छन्।
भक्तपुरबाट प्रकाशित हुने परिवर्तनशील आवाज साप्ताहिकको आज आयोजित १०औँ वार्षिकोत्सव कार्यक्रममा उहाँले राजनीतिक अडानकै कारण आमनागरिकमा समेत अन्यौल पैदा भएको जानकारी दिए।
“सत्तापक्ष कुनै पनि हालतमा संविधान संशोधन गरेर अगाडि जान्छाँै र प्रतिपक्ष कुनै हालतमा संविधान संशोधन गर्नु हुँदैन भनिरहेको छ”– पोखरेलले भने, “यो दुई पक्षको अडानले संविधान कार्यान्वयन अन्यौल बन्दै गएको छ।”
उनले “संविधान संशोधन गर्दा कुन पक्षलाई फाइदा हुन्छ भन्दा पनि राज्यलाई के फाइदा र के नोक्सान हुन्छ भन्ने यथार्थ सञ्चारकर्मीले ल्याउनुपर्छ,” भन्दै सञ्चारकर्मीले देशको मुद्दामा गहिराइमा गएर आमनागरिक समक्ष यथार्थ ल्याइदिनुपर्नेमा जोड दिए। रासस