स्थानीय तहको निर्वाचनको समिक्षा गर्दै निर्वाचन केन्द्रीत रणनीति बनाउन नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ ।
पार्टी कार्यालय सानेपामा सुरु भएको बैठकमा स्थानीय तहको निर्वाचनको परिणाम,पार्टीको आगामी रणनीति तय गर्ने विषयमा छलफल भइरहेको छ ।
स्थानीय तहको निर्वाचन परिणामले उठाएका प्रश्न, सांगठनिक कमि कमजोरी औंल्याउदै आगामी निर्वाचनमा अवलम्बन गर्नुपर्ने रणनीति तयार गर्नेबारे छलफल भईरहेको केन्द्रीय सदस्य महेश आचार्यले जानकारी दिए।
पहिलो र दोश्रो चरणको स्थानीय तहको निर्वाचनमा खटिएका केन्द्रीय सदस्यहरुबाट टिकट वितरण, संगठन परिचालन लगायत निर्वाचनमा भएका कमिकजोरीको समिक्षा गर्दै आगामी रणनीति तयार गर्नमा नै बैठक केन्द्रीत भएको अर्का केन्द्रीय सदस्य प्रदिप पौडेलले बताए।
बैठकको सुरुवात गर्दै पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले बोलिसकेका छन् । सबै केन्द्रीय सदस्यले आ–आफ्नो धारणा राख्ने भएकाले बैठक कम्तीमा तीन दिन चल्नेछ।