निर्वाचन आयोगले महिना दिनअघि अायोगबाट सरुवा भएका सचिव गोपीनाथ मैनालीसँग गाडी र आइफोन फिर्ता मागेको छ।
आयुक्त ईश्वरीप्रसाद पौडेलले मैनालीसँग अहिले पनि आयोगका सामान भएकाले ती सामान फिर्ता माग्ने निर्णय गरिएको बताए।
‘उहाँसँग अहिले पनि २ वटा गाडी, आइफोन र ल्यापटप छन्, सरुवा भएको लामो समयसम्म पनि ती सामान फिर्ता नगरेकाले चिठी पठाउने निर्णय गरेका हौं,’ पौडेलले भने।
यसअघि असार ८ गते सचिव मैनालीलाई सरकारले आयोगबाट प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको थियो।
उनले आफूले विलासी गाडी किन्न नहुने अडान राखेपछि सरुवा गरिएको बताएका थिए।