वैकल्पिक राजनीतिक शक्तिका रूपमा अगाडि आएका दुई पार्टी विवेकशील नेपाली दल र साझा पार्टीबीच भोलि बुधबार एकता हुने भएको छ। दुई पार्टीद्वारा आज जारी विज्ञप्ति अनुसार भोलि दिउँसो बानेश्वरमा एकता घोषणा हुने छ।
नयाँ पार्टीको नाम विवेकशील साझा पार्टी वा साझा विवेकशील पार्टीमध्ये एक हुनेछ। पार्टी नेतृत्व, चुनाव चिन्ह, विधान र घोषणा पत्र बारे एक महिना भित्र टुंगो लाग्ने स्रोतले बतायो।
साझा पार्टी गठन भएपछि यी दुवै पार्टीलाई एकताको लागी सामाजिक सञ्जालमा निकै आग्रह गरिएको थियो। उनीहरुलाई मिलेर स्थानीय चुनावमा भाग लिन समेत आग्रह गरिएको थियो। एकता र तालमेलका लागि केही प्रयास भए पनि दुवै पार्टी छुट्टाछुट्टै चुनाव लडेका थिए।