विवेकशील नेपाली दल र साझा पार्टीबीच एकता भएर नयाँ विवेकशील साझा पार्टी भएको छ। राजधानीमा पत्रकार सम्मेलन गरेर बुधबार दुई पार्टीको एकता घोषणा गरिएको हो।
एकता सभामा बोल्दै विवेकशील साझा पार्टी संयोजन समितिका रवीन्द्र मिश्रले पुराना पार्टीले अधिकारको लडाइँ लडिरहेको तर, विवेकशील साझाले सम्बृद्धिको लडाइँ लड्ने बताए। उनले थप बोल्दै भने,' हामी नष्ट हुन्छौं तर भ्रष्ट हुँदैनौं।
संयोजन समितिकै उज्जवल थापाले पनि सभामा बोल्दै विवेकशील र साझा, दुई पार्टीको मात्र एकता नभई सबै विवेकशील नेपालीको एकता भएको बताए।