प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार नियुक्त गरेका १९ मध्ये १६ जना पहिलोपटक मन्त्री भएका छन्। उनीहरुलाई राष्ट्रपति विद्या भण्डारीसमक्ष प्रधानमन्त्री देउवाले बुधबार सपथ खुवाए।
यीमध्ये कांग्रेसबाट मन्त्री नियुक्त भएका १० जनै नयाँ अनुहार छन्। माओवादीका ६ मध्ये गिरिराजमणि पोखरेल यसअघि पटकपटक मन्त्री भइसकेका छन्। यसअघि पोखरेल स्वास्थ्यमन्त्री थिए। अहिले पनि त्यही मन्त्रालय पाएका छन्। उनीबाहेक अन्य पाँच जना नयाँ अनुहार हुन्।
त्यस्तै, फोरम लोकतान्त्रिकका जितेन्द्र देव र गोपाल दहित पनि यसअघि मन्त्री भइसकेका थिए। उनीहरुले यसअघि पनि जितेन्द्र देव पर्यटन तथा संस्कृति मन्त्री थिए भने दहित भूमिसुधार मन्त्री थिए। अहिले पनि यी दुवैले यिनै मन्त्रालय पाएका छन्।
कांग्रेसबाट १०, माओवादी ६, फोरम लोकतान्त्रिकबाट २ र नेकपा संयुक्तबाट एक मन्त्री नियुक्त भएका हुन्।
कांग्रेसबाट : भिमसेनदास प्रधान (रक्षा) वीरबहादुर बलायर (भौतिक योजना तथा पूर्वाधार), महेन्द्र यादव (खानेपानी तथा सरसफाइ), मीन विश्वकर्मा (वाणिज्य), राजन केसी (युवा तथा खेलकुद), यज्ञबहादुर थापा (कानून), रामकृष्ण यादव(कृषि)
संजयकुमार गौतम, (सिंचाई), मोहन बस्नेत (संचार), अम्बिका बस्नेत (सहकारी)
माओवादीबाट : गिरीराजमणि पोख्रेल (स्वास्थ्य), टेकबहादुर बस्नेत (सामान्य प्रशासन), सन्तकुमार थारु (पशुपंक्षी), महेन्द्र शाही (उर्जा),आशा कोइराला (महिला तथा बालबालिका), शिवकुमार मण्डल (आपूर्ति)
फोरम लोकतान्त्रिकबाट : जितेन्द्र देव (संस्कृति तथा पर्यटन),गोपाल दहित (भूमिसुधार)
नेकपा संयुक्तबाट : मिथिला चौधरी (वातावरण)