पाकिस्तानको सर्वोच्च अदालतले प्रधानमन्त्री नवाज सरिफलाई पानामा पेपर्समा दोषी देखाउँदै प्रधानमन्त्रीका लागि अयोग्य ठहर गरेको छ। उनलाई विदेशमा कालो धन जम्मा गरेकोमा दोषी ठहर गरिएको हो।
सर्वोच्च अदालतका पाँच न्यायाधीशको संयुक्त इजलासले सरिफलाई दोषी ठहर गरेको हो। यो सुनुवाइ प्रक्रियामा पाँचमध्ये तीन जना न्यायाधीशले निर्णय प्रक्रियाको निगरानीको जिम्मेवारी पनि पाएका थिए। इजलासका दुई न्यायाधीशले पहिले पनि सरिफलाई प्रधानमन्त्रीका लागि अयोग्य भएको फैसला गरेका थिए।
अदालतको यो फैसलापछि सरिफले अब प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्नेछ।