खोटाङ जिल्ला समन्वय समिति नौ सदस्यीय बनाइने भएको छ ।
स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि आयोजना गरिएको प्रथम जिल्लासभाको पहिलो बैठकले सो निर्णय गरेको हो । जिससका पदाधिकारी चयनका लागि यही साउन २० गते निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरिएको छ ।
जिससका क्रममा दुई नगरपालिका र आठ गाउँपालिकाका प्रमुख र उपप्रमुख गरी २० जनाले मत दिन पाउने कार्यालयका नासु चरिन्द्रप्रसाद आचार्यले बताए।
सो दिन बिहान ८ देखि अपराह्न ६ बजेसम्म मतदान हुने जिसस निर्वाचन कार्यालयले जनाएको छ । नेकपा एमालेको १२, नेपाली काँग्रेसको सात र नेकपा माओवादी केन्द्रको एक मत छ । दश तह रहेको जिल्लामा एमाले पाँच, काँग्रेस चार र माओवादी केन्द्रले एक तहमा विजय हासिल गरेका छन् । रासस