भरतपुर महानगरपालिका वडानम्बर १९ मा तीन दिनपछि पुनः निर्वाचन हुने भएको छ।
मिति तोक्न मंगलबार भरतपुर आयोगमा बसेको सर्वदलीय बैठकले साउन २० गते शुक्रबार पुनः निर्वाचन गर्ने निर्णय गरेको एमाले चितवनका अध्यक्ष कृष्णभक्त पोखरेलले सेतोपाटीलाई जानकारी दिए।
निर्वाचन अधिकृत र सबै दलहरुका प्रतिनिधिको बैठकपछि मतदानको मिति तोकिएको हो।
दुई महिनाअघि भरतपुर १९ को मतगणना हुँदाहुँदै माओवादी प्रतिनिधिले मतपत्र च्यातेपछि मतगणना स्थगित भएको थियो। त्यसपछि आयोगले छानबिन समिति गठन गरी प्रतिवेदनका आधारमा पुनः मतदान गर्ने निर्णय गरेको थियो।
त्यसकाविरुद्ध सर्वोच्च अदालतमा रिट परेपनि पुनः मतदान गर्ने आयोगकै निर्णय सदर भएपछि भरतपुरमा पुनः मतदान हुने भएको हो।