श्रम तथा रोजगार मन्त्री फरमुल्लाह मन्सुरले मधेसी जनताको अधिकार प्रवद्र्धन र विधमान राजनीतिक संक्रमणकाल अन्त्यका लागि संविधान संशोधन नेपाली काँग्रेसको मुख्य एजेन्डा भएको बताएका छन्।
नेपाली काँग्रेस सप्तरीले आज राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने “हाम्रा सम्पूर्ण शक्ति संविधान संशोधन र निर्वाचनमा केन्द्रीत छ। संविधान संशोधन भयो भने देशमा राजनीतिक संक्रमणकाल अन्त्य हुन्छ। त्यसैले काँग्रेस संविधान संशोधनको पक्षमा दृढ भएर उभिएको छ ।”
मन्त्री मन्सुरले मधेसी, मुस्लिम, दलित, जनजाति, पिछडिएका वर्ग, हिमाल, पहाड र तराई÷मधेसमा बसोबास गर्ने सबै नेपालीको हित हुने गरी सविधान संशोधन हुनु अवश्यक रहेको उल्लेख गर्दै प्रमुख प्रतिपक्षीदलका अडानका कारण अहिलेसम्म संविधान संशोधन हुन नसकेको बताए।
संविधान संशोधनको जिमेवारी अब काँग्रेसको काँधमा आएको बताउँदै उहाँले यो जिम्मेवारीलाई काँग्रेसले पुरा गर्ने विश्वास व्यक्त गरे । रासस