भरतपुर महानगरपालिका वडा नम्बर १९ मा राती साढे १० बजे देखि मतगणना सुरु हुने भएको छ। उक्त वडामा आजै पुन मतदान भएको थियो।
भर्खरै सकिएको सर्वदलीय बैठकले आजै रातीबाट मतगणना सुरु गर्ने निर्णय गरेको एमालेका मेयर उम्मेदवार देवी ज्ञावलीले बताए। मतगणनास्थलमा एउटा पार्टीबाट ९ जना प्रतिनिधि हुने पनि वैठकले निर्णय गरेको छ।
भरतपुर १९ मा ३ हजार ७ सय ९७ मतदाता मध्ये २ हजार ८ सय ७० मत खसेको छ। पहिलो चरणको निर्वाचनमा भन्दा २७ मत कम खसेको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ। पहिलो चरणको निर्वाचनमा भरतपुर १९ मा २ हजार ८ सय ९७ मत खसेको थियो ।