भरतपुर महानगरपालिका वडा नम्बर १९मा शुक्रबार भएको चुनावको पहिलो नतिजा सार्वजनिक भएको छ। १९ वडाका ४०१ मत गणना गर्दा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेणुदहालले अग्रता लिएकी छन्। उनको २ सय ४ मत आएको छ। एमालेका मेयर उम्मेदवार देवी ज्ञावलीको १ सय ४५ मत आएको छ।
उक्त वडामा शुक्रबार पुन:मतदान भएको थियो। पहिलो चरण निर्वाचनको मतगणनामा मतपत्र च्यातिएपछि निर्वाचन आयोग र अदालतले त्यहाँ पुन मतदान गर्न भनेका थिए।
मतदान सकिएपछि बसेको सर्वदलिय बैठकले आजै रातीबाट मतगणना सुरु गर्ने निर्णय गरेको थियो। मतगणनास्थलमा एउटा पार्टीबाट ९ जना प्रतिनिधि छन्। त्यस्तै चार समुहमा बाँडेर मतगणना भइरहेको छ।
भरतपुर १९ मा ३ हजार ७ सय ९७ मतदाता मध्ये २ हजार ८ सय ७० मत खसेको छ। पहिलो चरणको निर्वाचनमा भन्दा २७ मत कम खसेको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।
पहिलो चरणको निर्वाचनमा भरतपुर १९ मा २ हजार ८ सय ९७ मत खसेको थियो ।
महानगरमा २९ वडा वडा छन्। ति मध्ये २७ वटा वडाको मतगणना सकिइसकेको छ। २७ वडाको मतपरिणाममा भने एमले उम्मेदवार ज्ञावली अघि थिए। उनकव ४० हजार ९ सय ८० मत थियो। माओवादी केन्द्र र नेपाली कांग्रेसकी संयुक्त उम्मेदवार दहालको ४० हजार १ सय ९४ मत आएको थियो।
भरतपुरमा अब वडा नम्बर १९ र २० को मतगणना बाँकी छ।