भरतपुर महानगरपालिका वडा नम्बर २० को प्रारम्भिक मतगणनाको 'ट्रेन्ड' कायम रहे माओवादी-कांग्रेस गठवन्धनकी रेणु दाहाल मेयरमा विजयी हुने सम्भावना बढेको छ।
केही समयअघि सुरु २० नम्बर वडाको गणनामा अहिलेसम्म ४०२ मत गन्दा रेणु ५१ मतले अगाडि रहेको स्थानीय पार्टी प्रतिनिधिले जानकारी दिए। यही अनुपातमा उनले मत पाए एमाले उम्मेदवार देवी ज्ञवालीले भन्दा ४ सय बढी पाउने देखिन्छ। मतगणनाको अर्को नतिजा आउँदासम्म यही ट्रेन्ड जारी रहे बहुप्रतीक्षित भरतपुर मेयर दाहालको भागमा पर्नेछ। यो वडामा ३३०२ मत खसेको छ।
यो पछिल्लो नतिजासँगै ज्ञवालीको कुल मतान्तर कम भएको छ। यसअघि पुन: निर्वाचन भएको १९ नम्बर वडाको अन्तिम परिणाम आउँदासम्म दाहाल २२१ मतले पछाडि थिइन्। पछिल्लो परिणामपछि यो अन्तर १७० मा झरेको छ।
भरतपुरमा अहिलेसम्म मेयर उम्मेदवार ज्ञवालीले ४२०६९ मत पाएका छन् भने दाहालले ४१८९९ मतका साथ पछ्याइरहेकी छन्।
हेर्नुहोस्: