भरतपुर महानगरपालिकामा हाल गणना भइरहेको वडा नम्बर २० मा २ हजार मत गनिसक्दा माओवादी-कांग्रेस गठवन्धनकी रेणु दाहालले अग्रता लिएकी छन्। उनी अिहले ५७ मतले अगाडि छिन्।
अहिलेसम्मको गणनाअनुसार दाहालले ४२ हजार ५ सय ८९ मत ल्याएकी छन् भने एमालेका देवी ज्ञवालीको मत ४२ हजार ५ सय ३२ छ।
यसअिघ १९ वडाको मतगणना क्रममा अग्रता लिइरहेका ज्ञवाली २० वडा प्रवेशपछि पछाडि पर्न थालेका हुन्। यही ट्रेन्ड जारी रहे दाहाल मेयरमा विजयी हुने सम्भावना बढेको छ।
हेर्नुहोस्
वडा नम्बर २० को प्रारम्भिक ‘ट्रेन्ड’ कायम रहे रेणुले जित्ने
के रेणु दाहालले भरतपुर-१९ मा परिणाम उल्ट्याउलिन्?