अध्यक्ष कमल थापासँग असन्तुष्ट भएर छुट्टै पार्टी गठनका लागि राप्रपाको पशुपति शमशेर राणा पक्ष संसद र निर्वाचन आयोग पुगेको छ।
संसद सचिवालय स्रोतका अनुसार शमशेरको नेतृत्वमा राप्रपा प्रजातान्त्रिकको नाममा नयाँ पार्टी दर्ता गर्न १९ सांसदको हस्ताक्षर सचिवालयमा बुझाएका छन्।
तर सचिवालयले राप्रपा प्रजातान्त्रिकको नाममा संसदीय दल गठन गर्न पहिले आयोगमा नयाँ पार्टी दर्ता भएको प्रमाण लिएर आउन भनेको छ।
राजनीतिक दल सम्बन्धी नयाँ कानुन अनुसार, कुनै पनि पार्टी फुटाएर नयाँ वैधानिक दल गठन गर्न केन्द्रीय समिति र संसदीय दल दुवैको कम्तिमा ४० प्रतिशत सदस्यको हस्ताक्षर आवश्यक पर्छ।
पुरानो कानुनमा भने संसदीय दल वा केन्द्रीय समिति मध्ये एकमा ४० प्रतिशत सदस्यको समर्थन भए नयाँ पार्टी गठन गर्न सकिने व्यवस्था थियो।
नयाँ पार्टीका लागि केन्द्रीय समितिका ४० प्रतिशत भन्दा बढी सदस्यको हस्ताक्षर लिएर आयोगमा दल दर्ताका लागि गएको केन्द्रीय सदस्य सगुन लावतीले सेतोपाटीलाई बताए।
संसद सचिवालय स्रोतका अनुसार आयोगमा ४० प्रतिशत केन्द्रिय सदस्यको हस्ताक्षरसहित दल दर्ताको निवेदन दिएको प्रमाण आए राप्रपा प्रजातान्त्रिकको संसदीय दल दर्ता प्रकृया अघि बढाइने छ।
[caption id="attachment_71473" align="alignnone" width="825"]
पार्टी दर्ताका लागि सनाखत गर्दै। तस्बिरः सेतोपाटी[/caption]