लोकतान्त्रिक फोरमका सहअध्यक्ष रामेश्वर राय यादवले राजीनामा दिएका छन्। मंगलबार पार्टी अध्यक्ष विजयकुमार गच्छदारलाई भेटेर पदबाट राजिनामा दिएको उनले बताए।
'पार्टी अध्यक्षका एकलौटी व्यवहार,अपारदर्शीता,सामूहिक नेतृत्वमा पार्टी नचलेको कारणले मैले सहअध्यक्षबाट राजीनामा दिएको हो,' उनले भने।
अध्यक्षले पार्टी एकलौटी ढंगले चलाएको आरोप लगाउँदै उनले राजीनामा दिएका हुन्। यादव सद्भावना पार्टीबाट मधेसी जनअधिकार फोरम हुँदै लोकतान्त्रिक फोरममा आएका थिए।
लोकतान्त्रिक फोरमका एक नेताले यादव नजिकिँदै गरेको निर्वाचनबाट भाग्न खोजेको प्रतिक्रिया दिए।