श्रीलंकाका विदेशमन्त्री रवी करुनानायकेले बिहीबार पदबाट राजीनामा दिएका छन्।
शंकास्पद सरकारी ऋण पत्र कारोबारमा छानबिन भइरहेका एक व्यापारीले उनको नाममा एक बिलासी अपार्टमेन्ट किनिदिएको आरोप लागेपछि करुनानायकेले बिहीबार संसद समक्ष राजीनामा दिएका हुन्।
उनले आफूमाथि लागेको आरोपलाई अस्वीकार गरेका छन् तर आरोप लागिसकेपछि नैतिकताका आधारमा राजीनामा दिएको बताएका छन्।
यसअघि अर्थमन्त्री हुँदा करुनानायकेले ती व्यापारीबाट अपार्टमेन्ट लिएको आरोप लागेको छ।
उनले भने अपार्टमेन्टको खरीद परिवारका सदस्यले गरेको र उनलाई सो खरीदका प्रावधान र त्यसमा संलग्न पक्षहरुको बारेमा आफूलाई थाहा नभएको बताएका छन्।
व्यापारीले उनले अपार्टमेन्टको लेनदेनमा आफू सहभागी नभएको परिवारका अरु सदस्यले नै अपार्टमेन्ट लिएको बताएका छन्।