मकवानपुर जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालले जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल र उपप्रमुख भगवती पुडासैनी तथा सात जिल्ला सदस्यलाई आज शपथ गराएका छन्।
खुलाल र पुडासैनीले आजै कार्यभार सम्हालेका छन् । सो समारोहमा हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले हेटौँडालाई नमूना उनमहानगरका रुपमा विकास गर्न प्रदेश सरकारले निष्पक्ष भई सहयोग गर्नुपर्ने धारणा राखे।
कार्यक्रममा मकवानपुरका प्रजिअ नारायणप्रसाद शर्मा दवाडी र स्थानीय विकास अधिकारी नारायणप्रसाद मैनालीले जनप्रतिनिधिलाई सरकारको नीतिनिर्देशनबमोजिम बजेट, योजना र प्रविधि उपलब्ध गराइने बताउँदै पारदर्शी रुपमा काम गर्न राजनीतिक दललाई आग्रह गरे। रासस