प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि (बुधबार) मुख्य तीन दलका शीर्ष नेतासँग छलफल गरी प्रदेश र केन्द्रीय निर्वाचनको मिति टुंगो लगाउने बताएका छन्।
मंगलबार प्रधानमन्त्री देउवालाई भेट्न गएको निर्वाचन आयोगको टोलीसँग उनले यस्तो बताएका हुन्।
यसअघि आयोगले उनलाई भदौ १ भित्र निर्वाचनको मिति घोषणा गर्न आग्रह गरेको थियो। प्रधानमन्त्री देउवाले आयोगकै आग्रह अनुसार मिति घोषणा गर्ने प्रतिबद्धता पनि जनाएका थिए।
आज भएको भेटमा प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले देउवालाई पुन: पर्सि भदौ १ गते भित्र मिति घोषणा गर्न आग्रह गरेका थिए।
आयोग पदाधिकारीले निर्वाचनको लागि आवश्यक पर्ने कानुन र निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन छिट्टै आयोगलाई उपलब्ध गराउन पनि प्रधानमन्त्री देउवासँग आग्रह गरेको अायोगले जानकारी दिएको छ।