संविधान संशोधन विधेयक अगाडि बढेको छ। चार महिना देखि संसदमा अड्किएको संविधानको संशोधन विधेयक माथिको दफाबार छलफल सुरु भएको हो। सरकारले भदौ ४ गते संशोधनलाई संसद बैठकमा निर्णयार्ण पेश गर्ने तयारी गरेको हो।
कानुन मन्त्री यज्ञबहादुर थापाले संशोधन विधेयक संसद बैठकमा दफाबार छलफलका लागि पेश गरेका हुन्। संविधान संशोधन माथि ५० वटा संशोधन छन्। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सबैभन्दा धेरै संशोधन राखेको छ।
संशोधन माथिको दफाबार छलफलमा नेकपा एमालेका सांसद रेवतीरमण भण्डारीले अहिले नै किन संशोधन विधेयक निर्णयार्थ पेश गर्नुपर्यो भन्दै प्रश्न उठाए। उनले संशोधन आवश्यक नभएको, आवश्यकताको विषय नभएको, पारित गर्न आवश्यक नभएको बताए। भण्डारीले अझैपनि सरकारले संशोधन फिर्ता लिनुपर्ने बताए। स्थानीय तह निर्वाचन नभएको, संविधानको कार्यान्वयन र संविधान अनुसारको संरचना नबनेको अवस्थामा कुन जनादेशमा संशोधन जबरजस्ती पास गर्न खोजिएको हो भन्दै प्रश्न गरे।
यसैबीच संशोधनका लागि दुई तिहाई पुर्यापउन सरकारले कसरत तीव्र पारेको छ। संशोधनमा दुई तिहाईका लागि राप्रपा निर्णायक रहेको छ। राप्रपाले समय माग गरेपछि सरकारले संशोधन निर्णयार्थ पेश गर्ने समय ४ गतेका लागि पुर्या एको हो।
संशोधन विधेयक सरकारले चैत २९ गते संसदमा दर्ता गराएको थियो।
संसदको बैठक आउँदो भदौ ४ गते १ बजेका लागि डाकिएको छ।