प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले मिचिएको नेपाली भूमि फिर्ता गर्न भारत बाध्य हुने दाबी गरेका छन् ।
उपाध्यक्ष गौतमले भारतको हेपाहा प्रवृत्तिलाई तोड्न नेपाल आफू भने समृद्ध हुनैपर्ने स्पष्ट पारे । मंगलबार पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले नेपाल आफैँ समृद्ध नभई भारतको हेपाहा प्रवृत्तिविरुद्ध लड्न सक्ने अवस्था नरहेको उल्लेख गरे ।
उपाध्यक्ष गौतमले समृद्धिको अभियानमा अघि बढ्न पनि सबैलाई आह्वान गरे । उनले भारतीय पक्षले नेपालको सीमावर्ती क्षेत्रमा बाँधेको बाध भत्काउने प्रस्ताव राख्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव पनि दिए ।
उपाध्यक्ष गौतमले भारतले संविधान जारी गर्दा समेत असन्तुष्टि जनाएर नेपालको हित विपरित काम गरिरहेको आरोप समेत लगाए ।