भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले अहिले संसदमा दुई तिहाइ नपुगेर हुन नसकेको संविधान संशोधनका लागि फेरि पनि प्रयास गर्ने बताएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले संविधान कार्यान्वयनका लागि केही मुद्दाहरू बाँकी रहेका र संशोधनमार्फत तिनलाई सम्बोधन गरिने बताए।
यसपालि संसदमा दुई तिहाइ नपुग्दा संविधानमा संशोधन हुन नसकेको उनले बताए।
'संविधानलाई सर्वस्वीकार्य बनाउन भविष्यमा हामी फेरि पनि संशोधन गर्ने प्रयास गर्नेछौं,' देउवाले भने 'मलाई भविष्यमा दुई तिहाइ बहुमतबाट संविधान संशोधन हुनेछ।'
यसअघि पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीले देउवाको अनुभव र कुशल नेतृत्वमा देशका सबै नागरिकलाई समेटेर जानेमा आफू विश्वस्त रहेको बताएका थिए।
गत सोमबार संसदमा ४८ मत नपुग्दा संविधानको दोस्रो संशोधन विधयेक पारित हुन सकेको थिएन