राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पशुपतिशम्शेर राणामाथि षडयन्त्रपूर्ण ढंगबाट पार्टी विभाजन गरेको आरोप लगाएका छन्।
साउन २२ गते निर्वाचन आयोगमा पार्टी विभाजनको निवेदन दिएको दिन बिहान पार्टी विभाजन नगर्ने सहमति गरी आफूलाई 'एम्बुस'मा पारेको र धोका दिएको थापाले खुलासा गरेको छन्।
बिहीबार सेतपाटीसँगको विशेष अन्तर्वार्तामा अध्यक्ष थापाले साउन २२ गते बिहान नेता लोकेन्द्र बहादुर चन्दको घरमा राणाले आफूसँग यस्तो सम्झौता गरेको बताए।
'साउन २२ गते बिहान साढे ९ बजे पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दजीको निवासमा हामी तीन जना बसेर पार्टी विभाजन नगर्ने सहमति गरेका थियौं, थापाले भने, ' तर मलाई अल्मल्याउन मात्रै त्यो सहमति गर्नुभएको रहेछ। पार्टी विभाजनको तयारी त उहाँले पहिल्यै गरिसक्नु भएको रहेछ। हामी बिहान साढे दशबजे तिर छुटेका थियौं, दिउँसो तीनचारबजे त उहाँ आयोग गइहाल्नुभयो।'
थापासँगको विशेष अन्तर्वार्ता केहीबेरमा
सेतोपाटी मा प्रकाशित हुँदैछ।