मुलुकी फौज्दारी विधेयकका सम्बन्धमा पत्रकारसँगको दुईदिने अन्तरक्रिया शुक्रबारदेखि शुरु भएको छ ।
व्यवस्थापिका–संसद्, विधायन समितिको आयोजना र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपीको सहयोगमा शुरु भएको कार्यक्रममा सांसद राधेश्याम अधिकारीले मुलुकी अपराधसंहिता, २०७३ माथि कार्यपत्र प्रस्तुत गरे।
त्यसमाथि पत्रकार राजेन्द्र फुयाँलले टिप्पणी गरेका थिए।आज सांसद रेवतीरमण भण्डारीले ‘मुलुकी फौज्दारी मुद्दाको कार्यविधिसंहिता, २०७३’ विषयको कार्यपत्र प्रस्तुत गर्ने र सोमाथि पत्रकार लीलाधर उपाध्यायले टिप्पणी गर्नेछन्।त्यसैगरी सांसद रामनारायण बिँडारीले ‘फौज्दारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७३’ का विषयमा कार्यपत्र प्रस्तुत गर्ने र त्यसमाथि पत्रकार बबिन शर्माले टिप्पणी गर्नेछन् । रासस