राष्ट्रिय अनुसन्धान विभागका निर्देशक दिलीपराज रेग्मीले गृहमन्त्रालयको गृह प्रशासन सुधार मार्गचित्र २०७४ अनुसार विभागीय कर्मचारीलाई काम गर्न निर्देशन दिएका छन्।
विभागले ३२ औँ विशेष सेवा दिवसको अवसरमा आज आयोजित पुनर्मिलन कार्यक्रमका उनले मार्गचित्रअनुसार विभाग नव संगठनको रुपमा परिवर्तन हुने दिशामा रहेकोले सोहीअनुसार परिचालन हुन निर्देशन दिएका हुन्।
विभागका पूर्व प्रमुख विष्णुराज पन्तले वर्तमान अवस्थामा विभागका काम कारबाहीप्रति पूर्व कर्मचारी सन्तुष्ट रहेको बताए।
लोकसेवा आयोगका सदस्य श्रीपुरुष ढकालले विभागले राष्ट्रिय सुरक्षाका चुनौती पहिचान एवं व्याख्या गर्ने किसिमको सक्रिय र लगनशील जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिए।
उक्त अवसरमा ९० जना कर्मचारीले रक्तदान गरेका थिए। रासस