प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका कार्यवहाक अध्यक्ष बामदेव गौतमले भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले सार्वभौम अधिकार सम्पन्न नेपाल र नेपालीको घोर अपमान गरेको आरोप लगाएका छन्।
राजधानीमा शनिबार आयोजित कार्यक्रममा बोल्दै कार्यवहाक अध्यक्ष गौतमले संविधान संशोधनमा प्रधानमन्त्रीले भारतसमक्ष गरेको प्रतिवद्धताले नेपाल, नेपाली र सार्वभौम अधिकार संम्पन्न संसदको अपमान भएको दाबी गरेका हुन्।
नेपाल र नेपालीको एकता तथा स्वतन्त्रताविरुद्ध भएकाले संसदले असफल बनाएको आफ्नो व्यक्तिगत अधिकार जसरी प्रधानमन्त्रीले संसोधन गर्ने आश्वासन दिएको भन्दै उनले आक्रोश पोखे।
प्रधानमन्त्री देउवाले भारत भ्रमणका क्रममा गरेका सम्झौता पनि नेपाल र नेपालीको हित विपरित भएको उनले टिप्पणी गरे।
प्रधानमन्त्री देउवा अहिले भारतको राजकीय भ्रमणमा छन्। यही ७ गते त्यसतर्फ गएका देउवा आईतबार स्वदेश फर्कने कार्यतालिका छ।