नेकपा (माओवादी केन्द्र)को भातृ संगठन अखिल क्रान्तकारीको अध्यक्षमा अनिल शर्मा र रञ्जीत तमाङबीच प्रतिष्पर्धा हुने भएको छ।
शर्मा गृहमन्त्री जनार्दन शर्माका भाइ हुन् भने रञ्जीत तमाङलाई वर्षमान पुन र शक्ति बस्नेतको समर्थन छ।
यसअघि पाँच आकांक्षी देखिएका भएपनि अन्य प्रतिष्पर्धीले शर्मालाई समर्थन गरेका छन्। तर तमाङले भने प्रतिष्पर्धाबाटै नेतृत्व चयन गर्नुपर्ने पक्षमा थिए।
मोहन वैद्य नेतृत्वको नेकपा माओवादीबाट फुटेर आएकाहरूसँगको एकतापछि हुन लागेकाले क्रान्तिकारीले यसलाई एकताको महाधिवेशन भनेको छ।
आजै मतदान हुने भनिएपनि प्रतिनिधिमा दाबी विरोध बढेपछि सोमबार बिहान मनोनयन दर्ता र दाबी विरोधको कार्यक्रम राखिएको छ। २ हजार ७६ प्रतिनिधि बन्दसत्रमा सहभागी भएपनि निर्वाचन हुने भएपछि मतदाता नामवाली प्रकाशन र दावी विरोध कार्यक्रम राखिएको छ। महाचसिवमा भने दुबै पक्षले टुङ्ग्याउन सकेका छैनन्।
भदौ ७ गतेदेखि राजधानीमा जारी महाधिवेशनमा सोमबार नै निर्वाचनको तयारी भैरहेको छ। यसअघि पाँच आकांक्षी देखिएका भएपनि अन्तिम समयमा अन्य प्रतिष्पर्धी पछाडी हटेका छन्।
महाधवेशनबाट १ अध्यक्ष ९ जना उपाध्यक्ष, १ महासचिव, १६ सचिव र १ जना कोषाध्यक्ष चयन गर्नेछ। चार जना उपाध्यक्ष खुल्लातर्फबा निर्वाचित हुनेछन् भने चार जना समावेशीबाट र एक जना महिला निर्वाचित हुनेछन्।
त्यस्तै पाँच उपमहासचिवमा एक महिला, एक जना मनोनित हुनेछन्। सचिव १६ जनामा ७ प्रदेश र १ विश्वविद्यालय अन्तर्गत हुनेछन्। बाँकी समावेशी र महिला, जनजाती गरेर हुनेछन्।