पशुपंक्षी विकासमन्त्री सन्तकुमार थारुले मुलुकलाई पशुजन्य उत्पादनमा आत्मनिर्भर बनाउने संकल्पका साथ सरकारले काम गरिरहेको स्पष्ट पारेका छन् ।
काठमाडौंमा सोमबार आयोजित कार्यक्रममा मन्त्री थारुले पशुजन्य उत्पादनमा आत्मनिर्भर बनाउने संकल्पका साथ मन्त्रालयले आवश्यक कार्यक्रम तर्जुमा गरी कार्यान्वयन चरणमा गएको बताएका हुन्। उनले एक वर्षमा अण्डामा , २ वर्षमा मासुमा र ३ वर्षमा दूधमा मुलुकलाई आत्मनिर्भर बनाईने पनि विश्वास व्यक्त गरे ।
कार्यक्रममा उत्कृष्ठ पशुपालकहरुलाई सम्मान समेत गरिएको थियो ।