नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले नेकपा एमाले एक्लै चुनावी मैदानमा उत्रिन सक्षम रहेकोले अरू चुनाव जस्तै प्रदेश नम्बर २ को चुनावमा पनि कुनै दलसँग तालमेल गर्ने पक्षमा नभएको स्पष्ट पारेका छन् ।
सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले सो कुरा बताएका हुन् । कार्यक्रममा बोल्दै उनले भने,‘जो जो मिलेर आएपनि हुन्छ । जनता एमालेका पक्षमा छन् । जस्तो सुकै गठबन्धन बनाएपनि मधेशका जनताले तिनीहरूलाई पराजित गर्दिन्छन् ।’
उनले थपे,‘एमाले कोहीसँग पनि तालमेलको पक्षमा छैन । मधेशमा एमाले मात्रै एमाले एक्लै लड्न तयार छ ।’
पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणले इतिहासमै सबैभन्दा मुलुकको बेइज्जत गरेको दाबी गर्दै यसले राष्ट्रको शिर निहु¥याएको आरोप लगाए ।
उनले प्रधानमन्त्रीले देशको आन्तरिक मामिलामा बोलेर भारतलाई फेरि पनि हस्तक्षेपको बाटो खुलाएको दाबी गरे ।
यद्यपी उनले एमाले भारत विरोधी नभएको र भारतसँग समनताको आधारमा घनिष्ट सम्बन्ध बनाउने पक्षमा रहेको स्पष्ट पारे ।