निर्वाचन आयोगले स्थानीय तहको तेश्रो चरण तथा प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका कुनै पनि गतिविधिमा बालबालिका प्रयोग नगर्न/नगराउन सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ।
शिक्षा मन्त्रालय, अभिभावक संघ नेपाल, केन्द्रीय बाल कल्याण समिति, हिसान नेपाल, राष्टिय मानवअधिकार आयोग, प्याब्सन, एन प्याब्सन लगायत संघ संस्थाका प्रतिनिधिसँग छलफल गर्दै आयोगले निर्वाचनका गतिविधिमा बालबालिका प्रयोग हुन सक्ने तर्फ सचेत र गम्भीर बन्न आग्रह गरेको हो।
योगले सोमबार आफ्नै कार्यलयमा सरोकारवाला निकायका प्रतिनिधिसँग छलफल गर्दै निर्वाचन सम्बन्धी गतिविधिमा संलग्न नगराउने तथा संलग्न हुन हुँदैन भन्ने चेतना बालबालिकामा दिन आग्रह गर्यो।
छलफलमा सहभागी सरोकारवाला संस्थाका प्रतिनिधिले बालबालिकालाई निर्वाचनको कुनै पनि गतिविधिमा सहभागी नगर्न/नगराउने प्रतिवद्धता पत्रमा हस्ताक्षर गर्दै अपील गरेका छन् ।