नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले नेपाली काँग्रेस विकास विरोधी पार्टी भएको आरोप लगाएका छन् ।
बुधबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले कांग्रेसले मुलुकमा शासन गर्ने अवसर पाएपनि त्यसलाई सदुपयोग नगरेको बताए ।
उनले धेरै पटक शासन सत्ता सम्हालेको कांग्रेसले देश र जनताको पक्षमा अग्रगामी सोच समेत राख्न नसकेको आरोप लगाए ।
राजसंस्थाले जति काम गरे पनि त्यसको दश प्रतिशत काम पनि कांग्रेसले नगरेको भन्दै कांग्रेस विकासवादी पार्टी नभई विकास विरोधी पार्टी भएकाे अौँल्याए ।
उपाध्यक्ष गौतमले पार्टीमा प्रवेश गरेकाहरूलाई जनता र राष्ट्रको सेवा गर्ने अवसर दिने बताए ।