काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गीले महिला सशक्तिकरणको अभियानलाई तीव्रता दिनुपर्नेमा जोड दिएकी छन् ।
बिहिबार काठमाडौंमा आयोजित ‘स्थानीय तहको निर्वाचनः महिला सहभागितामा चुनौती र आगामी रणनीतिहरू’ विषयक राष्ट्रिय कार्यशाला गोष्ठीमा उनले सो कुरा बताएकी हुन् ।
उपप्रमुख खड्गीले महिला सशक्तिकरणको अभियानलाई सफल बनाउने रणनीति तय गर्न स्थानीय तहका सबै महिला जनप्रतिनिधिहरूको भेला आयोजना गर्ने बताईन्। उनले अब आउने स्थानीय तह निर्वाचनमा ५० प्रतिशत प्रतिनिधित्व सुनिश्चित हुनेगरी महिला सशक्तिकरणको अभियानमा जुट्न पनि महिला अधिकारकर्मीहरूलाई आग्रह गरे ।
उपप्रमुख खड्गीले महिला अधिकारको क्षेत्रमा उल्लेख्य प्रगति हासिल भएकोमा आफूलाई गर्वानुभूति भएको पनि उल्लेख गरिन् । कार्यक्रममा महिला अधिकारकर्मीहरूले अधिकार प्राप्तिको अभियानमा आउने चुनौती सामना गरेर अघि बढ्ने दृढता व्यक्त गरेका थिए ।