ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले तत्काल उद्योगधन्दामा विद्युतको महसुल नबढाउने बताएका छन् ।
बिहिबार नेपाल उद्योग परिसङ्घका पदाधिकारीसँग भएको भेटमा उनले सो कुरा बताएका हुन् ।
ऊर्जामन्त्री शाहीले उद्योगधन्दामा तत्काल विद्युतको महसुल नबढाउने र उद्योगी व्यवसायीलाई कुनै अप्ठ्यारो नपारिने बताएका हुन् ।
उनले उद्योगहरूमा ६६ प्रतिशतसम्म विद्युत महसुल वृद्धि गर्ने प्रस्तावलाई आफूले रोकेको बताए । ‘विद्युत् महसुल वृद्धि गर्ने निर्णय तत्काल कार्यान्वयन हुँदैन। उद्योगी व्यवसायी ढुक्क भए हुन्छ’ उनले भने ।’
उत्पादनमुखी आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि विद्युत् उत्पादनमा तीव्रता दिनुपर्ने बताउँदै उनले निजी क्षेत्रले लगानीमा बढवा दिनुपर्ने र सरकारको कामकारबाहीलाई सहयोग गर्नुपर्ने बताए ।
महसुल वृद्धि गरिए यो अहिलेसम्मकै अप्रिय निर्णय हुने उद्योगी व्यवसायीको भनाइ छ ।