नवलपरासीको रामग्राम नगरपालिकाको प्रथम नगरसभाले आज ५९ करोड रुपैयाँ बजेट सार्वजनिक गरेको छ ।
बजेटमध्ये चालुतर्फ २४ करोड ६७ लाख २७ हजार र पुँजीगततर्फ ३४ करोड, ४७ लाख, ६९ हजार रुपैयाँ बिनियोजन गरिएको हो ।
नगरपालिकाले सभामा चालु आर्थिक वर्षका लागि कृषि, पूर्वाधार, महिला तथा बालबालिका, पर्यटन, वन÷वातावरण तथा सरसफाइ, घरेलु उद्योग, शिक्षा र संस्कृति, मानव संसाधान, युवा तथा खेलकुद, सूचना तथा सञ्चार, सामाजिक सुरक्षा र स्वास्थ्यलगायतका शीर्षकमा नीति तथा कार्यक्रम बनाएको नगरप्रमुख नरेन्द्रकुमार गुप्ताले जानकारी दिए।
नगरसभाले नगरप्रमुख, उपप्रमुखसहित वडा अध्यक्षलाई पनि पारिश्रमिकको व्यवस्था गरेको छ । सभाले नगरप्रमुखलाई ३५, उपप्रमुखलाई ३० र वडा अध्यक्षलाई १८/१८ हजारका दरले मासिक पारिश्रमिक दिइने व्यवस्था गरेको छ । रासस