दश नगरपालिका र पाँच गाउँपालिका रहेको महोत्तरीका १४ स्थानीय तहमा नेकपा (एमाले)ले आसन्न स्थानीय तह निर्वाचन तेस्रो चरणको निर्वाचनका लागि प्रमुख÷अध्यक्ष र उपप्रमुख÷उपाध्यक्षको नाम टुंगो लगाएको छ ।
एमालेका जिल्ला अध्यक्ष जामुन मण्डलका अनुसार सदरमुकाम जलेश्वर नगरपालिकामा माधव मण्डल प्रमुख र रागिनी चौधरी उपप्रमुख, बर्दिबास नगरपालिकामा सुरेश राउत प्रमुख र कमला बाइवा उपप्रमुख तथा गौशाला नगरपालिकामा पद्मप्रसाद उपाध्याय प्रमुख र शान्तिदेवी सिंह दनुवार उपप्रमुखका उम्मेदवार छन्।
त्यस्तै भंगहा नगरपालिकामा अरुणकुमार सिंह थारु प्रमुख र अनितादेवी यादव उपप्रमुख, औरही नगरपालिकामा मोहन महतो प्रमुख र सुमित्रा यादव उपप्रमुख, मनरा नगरपालिकामा राजकिशोर साह प्रमुख र चन्दु मण्डल उपप्रमुख तथा रामगोपालपुर नगरपालिकामा रामदुलार साह प्रमुख र रञ्जु पटेल उपप्रमुखका उम्मेदवार छन्।