प्रदेश नम्बर २को वीरगञ्ज महानगरपालिकामा ठूला दलका मेयर उपमेयरले आफ्नो उम्मेदवार दर्ता गराइसकेका छन्।
वीरगञ्जमा कांग्रेस, एमाले, माओवादी, राजपा, संघीय समाजवादी फोरम, लोकतान्त्रिक फोरम र नेकपा संयुक्तका मेयर उपमेयरको उम्मेदवारी दर्ता भैसकेको छ।
हेरौँ कस्ता छन् वीरगञ्जमा ठूला दलका मेयर उम्मेदवार:
कांग्रेस: अजय द्वीवेदीवीरगञ्ज महानगरपालिकामा कांग्रेसले मेयरको टिकट दिएका ५५ वर्षीय द्विवेद्वी विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय हुन्। नेविसंघ हुँदै उनी पार्टी राजनीतिमा आएका हुन्। बहुदल लगत्तै स्थानीय चुनाव जितेर वीरगञ्ज नगरको उपमेयर भएका थिए। वीरगञ्ज कांग्रेसमा निरन्तर धेरै समय काम गरेका उनी पार्टी सभापति शेरबहादुर देउवासँग राम्रो सम्बन्ध भएका स्थानीय नेता हुन्। पछिल्लो महाधिवेशनबाट उनी जिल्ला पार्टी सभापति बने। राजनीतिमै सक्रिय उनको कुनै पेसा छैन। श्रीमती ठाकुरराम कलेजमा प्राध्यापक छिन्। पहिलो संविधानसभा चुनावमा पर्सा २ बाट सभासद् चुनिएका द्विवेद्वी २०७० सालमा भने एमालेका विचारी यादवसँग ८ सय मतले हारेका थिए।
८० वर्षीया शान्ति कार्की वीरगञ्जकी पुरानी कांग्रेस कार्यकर्ता हुन्। उनलाई मेयर उम्मेदवार बनाउन द्वीवेदीले निकै पहल गरेका थिए।
एमाले: बसरुद्धीन अन्सारीबसरुद्धीन अन्सारी नेशनल मेडिकल कलेजका सञ्चालक हुन्। यसअघि उनी माओवादीबाट सांसद उठेका थिए। तर पराजीत भए। केही समय अघिमात्र उनी एमाले प्रवेश गरेका हुन्। वीरगञ्ज आफ्नो पकड क्षेत्र नभए पनि एमालेले त्यहाँका मुस्लिम भोट आकर्षित गर्न नवप्रवेशी अन्सारीलाई उम्मेदवार बनाएको कतिपयको विश्लेषण छ।
एमालेले उपमेयरमा सोफिया आचार्यलाई उठाएको छ।
माओवादी: रहबर अन्सारी२०४३ वैशाखमा जन्मेका अन्सारी वीरगन्जको गण्डक अस्पतालका निर्देशक हुन्। उनी माओवादीको पर्सा जिल्ला कमिटीका सदस्य र माओवादी आवद्ध मुस्लिम मुक्ति मोर्चाका केन्द्रीय सदस्य पनि हुन्।
उनले हंगेरीको बुडापेष्टमा रहेको सेन्ट्रल युरोपियन युनिभर्सिटीबाट सार्वजनिक नीति र शासन प्रणालीमा भर्खरै मात्र स्नाकोत्तर गरेका छन्।
माओवादीले उममेयरमा दुर्गा क्षेत्रीलाई उपमेयर बनाएको छ।
राजपा: राजेशमान सिंहउनी व्यापारीक पृष्ठभुमिबाट राजनीतिमा आएका व्यक्ति हुन्। दोस्रो संविधानसभामा राष्ट्रिय मधेस समाजवादी पार्टीबाट पर्सा क्षेत्र नम्बर १ को लागि सांसदमा उठेका थिए। तर ५७ सय मत ल्याएर उनले चुनाव हारे।
र रमा मिश्रले राजपाको उपमेयरमा उम्मेदवारी दर्ता गराएकी छन्।
समाजवादी फोरम: विजय सरावगीवीरगन्जका पुराना व्यापारी चिरंजीवी सरावगीका छोरा उनी 'सरावगी ग्रुप अफ इण्डस्ट्रिज'का अध्यक्ष हुन्। उनका बाबु पनि धेरै पहिले नगरपञ्चायतको प्रधानपञ्चमा उठेका थिए। उनी पराजीत भए।
यो व्यापारिक घरानाले विभिन्न उत्पादन गर्दै आएको छ। सरावगीको खाद्य तथा पेय पदार्थ, प्लास्टिक र मेसेनरी सम्बन्धी उद्योग छ। उनले रियल स्टेटमा समेत लगानी गर्दै आएका छन्। सरावगी नितान्त व्यापारीक पृष्ठभूमीबाट आएका हुन्। उनी यस अघि नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय कार्यसमिति सदस्य समेत हुन्। उनी वीरगञ्जको उद्योग वाणिज्य महासंघका सभापति समेत भैसकेका छन्।
संघीय फोरमले वीरगञ्ज उपमेयरमा पिंकीदेवी यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
नेकपा संयुक्तले मुना कुमार यादवलाई मेयर बनाएको छ।