विज्ञान तथा प्रविधिमन्त्री दीपक बोहराले मुलुकमा आर्थिक समृद्धि कायम गर्न पछिल्लो पटक विकास भएका प्रविधि र विज्ञानको क्षेत्रलाई उत्पादनसँग जोड्नुपर्ने बताएका छन्।
नवनियुक्त मन्त्री बोहराले मन्त्रालयमा आज आयोजित कार्यक्रममा उहाँले देशमा विज्ञानको विकासका लागि युवा वैज्ञानिकलाई प्रोत्साहन गर्ने नीति लिइने र राजपत्रमा प्रकाशित सबै सूचना तथा समाचारलाई विद्युतीय स्वरुपमा व्यवस्थित गरिने जानकारी दिए।
मन्त्रालयका सचिव डा सञ्जय शर्माले विज्ञानका विभिन्न खोज–अनुसन्धान गर्नका लागि स्रोत तथा साधनको कमी रहेको बताउँदै आगामी असोज १ गते राष्ट्रिय विज्ञान दिवस मनाउनका लागि तयारी भइरहेको जानकारी गराए । रासस