निर्वाचन आयोगले पाँच दिन भित्रै प्रदेश नंम्बर -२ को स्थानीय तहको मतगणना गरिसक्ने जनाएको छ।
आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादवले पत्रकार सम्मेलन गरेर पाँच दिन भित्रै गणना सक्ने गरि व्यवस्थापकिय र प्राविधिक तयारी गरेको जानकारी दिए।
यसअघि पहिलो चरणको र दोश्रो चरणको स्थानीय तहको निर्वाचनमा मतगणना १५ दिनसम्म चलेको थियो। मतगणना सुस्त गतिमा हुँदा आयोगको आलोचना समेत भएको थियो।
आयोगले आजै कतिपय स्थानीय तहमा आजै राती देखि र कतिपयमा भोली बिहानबाट गणना सुरु हुने जनाएको छ। मतदान शान्तिपूर्ण भएको र मतपेटिका संकलन जारी रहेको आयोगले उल्लेख गरेको छ।